आठ संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा, गीतकार किरण खरेल, गायक भक्तराज आचार्य, लोकगायक कुमार बस्नेत, सङ्गीतकार शम्भुजित बाँस्कोटा, गीतकार भोला रिजाल, फिल्म निर्माता युवराज लामा र गायक एवं व्यवसायी विकास राणालाई लगायत ८ श्रेष्ठ ‘प्रतिष्ठित स्रष्टा सम्मान २०२२’ बाट सम्मानित भएका छन् । संगीतकार संघले विजया दशमीको उपलक्ष्य पारेर राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उक्त सम्मान प्रदान गरिएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले संस्थाको तर्फबाट सम्मान प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । खेलाडी र कलाकारले देशलाई चिनाउने भएपनि उनीहरुको उचित सम्मान गर्न नसकिएको उनको धारणा थियो ।
कार्यक्रममा चन्दन श्रेष्ठलाई गुरूश्री सङ्गीत सम्मान र शिवबहादुर सुनाम स्मृति नाग रत्न सङ्गीत पुरस्कार २०७९ सङ्गीतकार अमूल कार्की ढलीलाई प्रदान गरियो । सबैलाई दोसल्ला, सम्मान पत्रका साथमा नगद रु २५ हजार रहेको थिए ।
सो अवसरमा सङ्गीतकार भुपेन्द्र रायमाझी, गीतकार प्रमोद ढुङ्गाना, गायक तथा निर्देशक नारायण रायमाझी, देउडा गायक नन्दकृष्ण जोशी, नृत्य निर्देशक कमल राईलाई विशिष्ठ सम्मान प्रदान गरियो ।
संघका अध्यक्ष चेतन सापकोटाले संगीतकार संघ गीतकार, गायन समाज, उत्पादक सङ्घ, रोयल्टी सङ्कलन समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस प्रदेशको भाषा साहित्य कला संस्कृति विभागले बोलायो बैठक
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप