बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने  असोज २० गते काठमाडौं आउने

शनिबार, १५ असोज २०७९, १० : ५२
शनिबार, १५ असोज २०७९

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । 

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।  एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो । उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन । उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप