सिभिल बैंकको १०२ औं एटीएम चितवनको सौराहामा
शनिबार, १५ असोज २०७९, १० : ३०

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम संचालनमा ल्याएको छ ।
उक्त एटीएमको समुद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । एटीएम संचालन सँगै त्यस क्षेत्रका सेवाग्राहीलाई आवश्यक पैसा झिक्न सहज हुने भएको छ ।
करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले गत आषाढ मसान्तसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म
-
बेंगलुरु र पञ्जाबबिचको खेल १४–१४ ओभरको हुने
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए