ढाकामोहन बरालका दुई लघुकथा

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

  पैसाको टेको
“के भयो यस्तो ?”
“ भाँचियो ।”
“ हैन के भाँचियो भन्नु भएको ?”
“पैसाको टेको ।”
“हो ठिक कुरा गर्नु भयो । भन्ने बेलामा देश समाजवाद तर्फको यात्रामा लम्कियो भन्छन् । पैसाको टेकोले प्राणपखेरु अड्याउनु पर्ने ।”
अलि पर शुक्ला गण्डकीको तट रामघाटमा तुलसीदत्त बा हातमा दागबत्ती लिएको नाबालक नातिलाई लिएर क्यान्सरबाट हार खाएर विश्राम लिएको छोरालाई घुम्दै थिए ।


सूल 
चर्चित हिमाल छलेर फोटो खिचें । नाम चलेका डाँडाकाँडाको भेउ नपाउने गरेर फोटो खिचें । फेसबुकमा पोष्ट गरें । 
बनेका र बन्दै गरेका भवनको पृष्ठभूमि राखेर खिचिएका तस्विर पोष्ट गरें । छेउको झुपडी नदेखिएको राजमार्गको मध्य भागको फोटो पनि पोष्ट गरें । 
केही समयपछि बधाई लेखिएको कमेन्टहरु आउन थाले । कसैले “कहिले हो नेपाल छोडेको ?”भन्दै प्रश्न सोध्यै फेरि बधाई दिए । 
मेरो मनमा सूल उठ्न थाल्यो । मैले बधाई खान “मेरा हिमाल लुकाउनु पर्ने, डाँडा छेक्नु पर्ने, झुपडी नदेखाउनु पर्ने ? ”
पोखरा–७,मासबार कास्की
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।