आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुनेछ : कमल थापा
शनिबार, १५ असोज २०७९, ०८ : ०५
१

आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ ।
बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए । मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे ।
पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानुभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड थापाले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?