कैलाली र अछाम प्रशासनद्वारा कार्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन
जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । ती जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा प्रहरी इकाइहरुमा बुझाउन भनिएको छ । निर्धारित समयभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित