शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेनिस टोली थाइल्यान्ड जाने

शुक्रबार, १४ असोज २०७९, २१ : ०८
शुक्रबार, १४ असोज २०७९

आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्याण्डको बैंकक प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरेका छन् ।

अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज/गर्ल्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा मा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप