शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँसँगै बिजुली पुगेपछि गाउँमा खुसीयाली

शुक्रबार, १४ असोज २०७९, २० : ११
शुक्रबार, १४ असोज २०७९

उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए । 

वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्रेष्ठले बताए । महत्वपूर्ण चाडमा गाउँ झिलीमिली भएपछी गाउँवासीमा खुसीयाली छाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप