शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डिल्लीबजार कारागारमा माधव नेपाल र रेशम चौधरीबीच भेटघाट

शुक्रबार, १४ असोज २०७९, १८ : १०
शुक्रबार, १४ असोज २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार अपरान्ह अध्यक्ष नेपाल र चौधरीबीच भेटघाट भएको हो ।

भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप