पाकिस्तान : न्यायाधीशसँग माफी माग्न अदालत पुगे इमरान खान, र्यालीमा दिएका थिए धम्की
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अतिरिक्त सत्र न्यायाधीश जेबा चौधरीसँग माफी माग्न अदालतमा हाजिर भएका छन् । अगस्ट २० मा इस्लामावादको एक र्यालीमा उनले आफ्ना सहकर्मी शाहबाज गिलमाथि भएको व्यवहारका लागि प्रहरी अधिकारी, निर्वाचन आयोग र राजनीतिक विरोधीविरुद्ध मुद्दा दर्ता गर्ने धम्की दिएका थिए ।
शाहबाज गिललाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो । इमरान खानले र्यालीमा विशेष गरी न्यायाधीश जेबा चौधरीलाई निशाना बनाएका थिए, जसले इस्लामाबाद पुलिसको अनुरोधमा शाहबाज गिललाई दुई दिनको पुलिस रिमान्ड दिएका थिए ।
र्यालीमा इमरान खानले भनेका थिए, ‘लाज मान्नुस्, इस्लामावादका आईजी, तिमीहरुलाई त छोड्नु हुँदैन, तिमीहरुमाथि मुद्दा दर्ता गर्नुपर्छ र मजिस्ट्रेट साहिबा जेबा, तपाईं पनि तयार हुनुहोस्, तपाईंमाथि पनि हामी एक्सन लिनेछौँ ।’
भाषणको केही घण्टापछि, इमरान खानलाई उनको र्यालीमा पुलिस, न्यायपालिका र अन्यलाई धम्की दिएकोमा आतंकवाद विरोधी कानुन अन्तर्गत मुद्दा दायर गरिएको थियो ।
इमरान खान र उनका वकिल, न्यायाधीश जेबा चौधरीको अदालतमा उपस्थित भए, यद्यपि पाकिस्तान तहरीक(ए(इन्साफ प्रमुखलाई अदालतले न्यायाधीश जेबा चौधरी आज (शुक्रबार) बिदामा रहेको बताइयो ।
इमरान खानले न्यायाधीश जेबा चौधरीका लागि सन्देश छोडेका छन् । पीटीआईले ट्विटरमा एउटा भिडियो ट्विट गरेको छ जसमा इमरान खानले अदालतका पाठकलाई ‘म न्यायिक मजिस्ट्रेट जेबा चौधरीसँग माफी माग्न आएको हुँ’ भनिरहेको सुन्न सकिन्छ ।
उनले भनेका छन्, ‘म्याडम जेबालाई इमरान खान आएको र माफी माग्न चाहेका छन् भनेर भन्न चाहन्छु । यदि मेरो शब्दले उहाँ आहत हुनुभएको छ भने भन्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर