शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वनमन्त्री यादव स्वदेश फिर्ता

शुक्रबार, १४ असोज २०७९, १७ : ०९
शुक्रबार, १४ असोज २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् । यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका थिए ।

अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषकलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकहरुले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप