बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

२८ हजार १०९ जनामा डेंगु संक्रमण पुष्टि

शुक्रबार, १४ असोज २०७९, १७ : ०४
शुक्रबार, १४ असोज २०७९

 नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यो तथ्यांक गत साउनयताको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै डेंगु संक्रमित हुनेको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३१ सय २५, सुदूरपश्चिम प्रदेशमा ८५०, एक नम्बर प्रदेशमा ८२९ केस देखिएको छ । त्यसैगरी, गण्डकीमा ६७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ । मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप