पाकिस्तानी प्रधानमन्त्रीद्वारा चीनको प्रशंसा
पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले चीन र यहाँको नेतृत्वको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रशंसा गरेका हुन् ।
इस्लामावादमा पाकिस्तानका लागि चीनले आज आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराले पुर्याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताए ।
पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारविहीन भएका र उनीहरुलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री सरिफले बताए । शुक्रबार बिहान इस्लामावादस्थित पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको सो कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई ६ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।
पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवं अन्य सहयोगहरू उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ । यस वर्षको सो मनसुनी वर्षाबाट यहाँ एक हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने यहाँका भौतिक लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा