चितवनमा मोटरसाइकल र कार ठोक्किँदा १ जनाको मृत्यु
शुक्रबार, १४ असोज २०७९, १५ : ५६
![चितवनमा मोटरसाइकल र कार ठोक्किँदा १ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/motorcycle_accident_bike_accident_cartoon_NvlmxN9QTr.jpg)
चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ । टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिइन । घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कारसहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ । –न्युज कारखाना