शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दियामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

शुक्रबार, १४ असोज २०७९, १५ : ५२
शुक्रबार, १४ असोज २०७९

बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश रहेका छन् । 

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो ।  गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो । 

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप