चालु पुँजी कर्जा मार्गदर्शन फिर्ता लिन आग्रह

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शनप्रति नेपाल उद्योग व्यापार महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले कर्जा मार्गदर्शन मार्फत २ करोड भन्दा कम पूँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पूँजी कर्जा सीमा कायम गरेको थियो ।
त्यसैगरी कर्जा अवधिको सिमा १ वर्ष वा सोम भन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरण योग्य हुने लगायतको मापदण्ड तोकेको छ । त्यसैगरी राष्ट्र बैकले २ करोड भन्दा बढी चालुपुँजी भएको कम्पनी तथा संस्थालाई चालु पूँजी कर्जाको सीमा वार्षिक अनुमानित कारोबारको अधिकतम २५ प्रतिशतमा कर्जाको सीमा स्वीकृत हुने र अवधि १ वर्ष वा सो भन्दा कम हुनु पर्ने त्यस्तो कर्जा मात्र सीमा नविकरणयोग्य हुने प्रावधान लागु गरेको छ ।
राष्ट्र बैंकको प्रावधानले कोभिड १९ को प्रभावबाट थलिएको उद्योग तथा व्यवसाय अझै मर्कामा पर्ने भएकाले यसलाई अहिले. लागु नगर्न महासंघले ध्यानकर्षण गराएको हो ।
महासंघको लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष खेमबहादुर श्रीस र महासचिव ताराकुमारी क्षेत्री (रोकाया)ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को प्रभावले थला परेको अर्थतन्त्रलाई अझै कमजोर बनाउने भएकाले हाललाई यो प्रावधान लागू नगर्न आग्रह गरेका हुन् । उद्योगी व्यवसायीको मागलाई वेवास्ता गरिए चरणवद्ध आन्दोलनमा जाने समेत महासंघ लुम्बिनी प्रदेशले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?