बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भोट माग्दै रवीन्द्र मिश्रले भने– सशक्त सांसदको रुपमा जनताको आवाज संसदमा बुलन्द गर्छु

शुक्रबार, १४ असोज २०७९, १४ : १८
शुक्रबार, १४ असोज २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका हुन् ।  उनले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा आजसम्मकै गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा संसदमा जनताको आवाज बोल्ने प्रतिबद्धता गरे । 

‘हलो चिह्नमा म काठमाडौं क्षेत्र नम्बर १ को आफ्नो उम्मेदवारी पार्टीको सहमतिसहित यहाँ घोषणा गर्दैछु’, मिश्रले भने, ‘यस पटक म काठमाडौं १ का जतिपनि उपस्थित हुनुहुन्छ र जसले हेरिरहनुभएको छ । म यो सुनिश्चित गराउनु चाहान्छु कि तपाईँहरुले यसपटक मलाई तपाइँहरुकै क्षेत्रमा रहेको संसद भवनमा पठाउनुभयो भने आजसम्मकै तपाईँहरुले गर्व गर्न सक्ने मध्येको सबैभन्दा सशक्त सांसदको रुपमा तपाईँहरूको आवाज संसदमा बुलन्द गर्नेछु ।’

यो क्षेत्रबाट कांग्रेस नेता प्रकाशमान सिंह १५ वर्षदेखि सांसद बनेको उल्लेख गर्दै मिश्रले १५ वर्षमा उनले कति जनताको पक्षमा काम गरे भन्ने प्रश्न पनि गरे ।  मिश्रले १५ वर्षदेखि जनताले के परिवर्तन महसुश गरे भन्दै प्रश्न पनि गरे । सो क्रममा उनले आफ्नो चुनावी एजेन्डा पनि प्रस्तुत गरेका थिए।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप