शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'बाबरी’ हेरेपछि जसिताले गरिन् धीरजको प्रशंसा

शुक्रबार, १४ असोज २०७९, १३ : ००
शुक्रबार, १४ असोज २०७९

अभिनेत्री जसिता गुरुङले अभिनेता धीरज मगर भर्सटायल कलाकार भएको बताएकी छन् । बिहिबार साँझ बिग मुभिज कमलपोखरी आयोजित फिल्म ‘बाबरी’को प्रिमियरमा फिल्म हेरेपछि उनले शो प्रतिक्रिया दिएकी हुन् ।

‘धीरजको फिल्म अभिनय एकदमै राम्रो लाग्यो’ उनले भनिन् ‘फिल्मको सानो राजा साहेब जस्तै प्रेम गर्ने मानिस मेरो जीवनमा पनि आइदिए हुन्थ्यो जस्तो लागेको छ ।’ धीरजले फिल्ममा सानो राजा साहेब नाम प्रेमीको भुमिका निर्वाह गरेका छन् । 

जसिता फिल्ममा अभिनय नभएपनि प्रिमियरमा सहभागी हुन पुगेकी हुन् । उनको अलवा अभिनेत्री बेनिशा हमाल, शिल्पा मास्के, निर्देशक शोभित बस्नेत, ज्ञानेन्द्र देउजा लगायत समेत प्रिमियरमा सहभागी थिए । प्रिमिएरमा सहभागी सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

प्रेमकथामा बनेको फिल्म ‘बाबरी’ आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा धीरज मगर, धीरज नाडकर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ लगायतको अभिनय छ ।

फिल्म गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप