गोठाटार हत्याकाण्ड : वीरगञ्जबाट गरिएको थियो हतियारको व्यवस्थापन
शुक्रबार, १४ असोज २०७९, १२ : ०३
मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।
पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तीन जनाले हतियारको व्यवस्थापनको जिम्मा लिएको देखिएको छ । उनीहरूले वीरगञ्जबाट हत्यामा प्रयोग भएको हतियार ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हानेर हत्या गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण