गोठाटार हत्याकाण्ड : वीरगञ्जबाट गरिएको थियो हतियारको व्यवस्थापन
शुक्रबार, १४ असोज २०७९, १२ : ०३

मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।
पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तीन जनाले हतियारको व्यवस्थापनको जिम्मा लिएको देखिएको छ । उनीहरूले वीरगञ्जबाट हत्यामा प्रयोग भएको हतियार ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हानेर हत्या गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई