मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

शुक्रबार, १४ असोज २०७९, १२ : ०१
शुक्रबार, १४ असोज २०७९

आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए । 

थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप