शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दमक उपाधि नजिक

शुक्रबार, १४ असोज २०७९, ११ : ५९
शुक्रबार, १४ असोज २०७९

विराटनगरमा जारी ‘बन्टी भुजेल स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब विजयी हुँदै फाइनलमा पुगेको छ ।  सेमिफाइनल र फाइनलका खेलहरु आयोजकले रात्रिकालीन खेल सुरु गरेको हो ।

प्रतियोगिताअन्तर्गत बिहीकार भएको रात्रीकालीन खेलमा दमकले विराटनगरको विन्ध्यवासिनी भेट्रान क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको छ । यसै साता (सोमबार) विराटनगरको रानीमा भएको मिल्स भेट्रान गोल्डकपसमेत दमकले जितेको थियो ।  

खेलको ८ औं मिनेटमा दीपेन गिरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । विराटनगरका खेलाडीले गोलरक्षकलाई दिएको ब्याक पासमा दीपेनले डिबक्स अगाडिको लाइनबाट खोसेर सिधा प्रहार गर्दै गोल गरेका थिए । १७ औं मिनेटमा पाएको क्रस पासलाई सदुपयोग गर्दै उत्कृष्ट हेडिङ मार्फत टोलीको गोल संख्या दोब्बर बनाए । 

निर्धारित ७० मिनेटको खेलमा विराटनगरका कृष्ण शाक्यले गोल गर्दै गोल संख्या कम गरेका थिए । खेलको इन्जुरी समयको अन्तिम १ मिनेट बाँकी छँदा पुनः दमकका सुवास आङुथुपोले गोल थप्दै जित सुनिश्चित पारे । खेलको म्यान अफ द म्याच दीपन गिरी भए । 

विजेता वा उपविजेतामध्ये एक भएको अवस्थामा पाएको पुरस्कार राशिको १० प्रतिशत रकम बन्टी भुजेलको परिवारलाई सहयोग गर्ने दमकले घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले खेल र खेलाडीका साथै उनीहरु चाहिने पूर्वधारको विकासमा लागि आफू सधैँ लागिपरिरहेको बताए ।

उनले नेकपा एमाले सधैँ खेलकुदको विकास गर्न र खेलाडीको कसरी जीवनयापन सहज हुन्छ भनेर योजनाका साथ अघि बढ्दै गएको छ । ‘आफू सरकारमा रहँदा वा नरहँदा पनि सधैँ सबै खेल र खेलाडीको विकासका लागि लाग्नेछु,’ घिमिरेले भने, ‘म मन्त्री हुँदा यहाँका खेलकुदसँग आवद्ध संघ–संस्थाका साथै व्यक्तिहरु आएर रंगशालालाई केही नयाँ बनाउँ भनेर योजना लिएर आउनु भएको थियो । त्यसमध्ये एउटा महत्वपूर्ण कुरा रात्रिकालीन खेल गर्न सम्भव छ ।

त्यसका लागि फ्लड लाइट जडान गर्नुपर्छ भनेपछि मलाई योजना राम्रो लागेर बजेट तुरुन्तै काम गर्यौं ।’  सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत शुक्रबारको राति सेमिफाइनल खेल आयोजक र धरानको हाम्रो भेट्रान क्लबबीच हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप