खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी
शुक्रबार, १४ असोज २०७९, ०९ : ११
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कम्पनी आवेदन आह्वान गरेको हो ।
योग्यता पुगेका व्यक्तिले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विभागीय प्रबन्धक २ जना, सह-विभागीय प्रबन्धक ६ जना, वरिष्ठ अधिकृत ६ जना अधिकृत १० जना, वरिष्ठ सहायक १९ जना, अटो मिल मेकानिक्स १ जना, मिल अपरेटर १ जना र सहायक ६१ जना कर्मचारी आव्हान गरेको छ ।
कात्तिक ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । दोब्बर दस्तुर बुझाएर कात्तिक १० गतेसम्म आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की