सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ : मल्ल

बिहीबार, १३ असोज २०७९, २२ : ५४
बिहीबार, १३ असोज २०७९

सत्ता गठबन्धनका दलहरुले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन्। बिहीबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएको हो ।  ‘लामो गृहकार्य र बैठक पछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले भने ।  

उनका अनुसार केहि निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइनेछ। बिहीबार निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठबन्धन दलको बैठक बसेको थियो ।  मल्लले  सामाजिक सञ्जालमार्फत ‘वाम लोकतान्त्रिक गठबन्धनका सबै नेता कार्यकर्ता एकताबद्ध भै निर्वाचन अभियानमा सामेल बन्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन् :‘वाम लोकतान्त्रिक गठबन्धनका सबै नेता कार्यकर्ता एकताबद्ध भै निर्वाचन अभियानमा सामेल बनौँ, प्रतिगमनलाई परास्त गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरूलाई विजय गराऔं, प्रतिगमनलाई परास्त गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरूलाई विजय गराऔं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप