उम्मेदवार छान्न बालकोटमा साढे चार घण्टादेखि एमाले बैठक जारी
बिहीबार, १३ असोज २०७९, २२ : २९
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार छान्न बसेको नेकपा एमालेको सचिवालय बैठक साढे चार घण्टादेखि जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पौने ६ बजेबाट सुरु भएको बैठक अहिलेसम्म बसिरहेको ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समानुपातिक सूचीको हेरफेर र प्रत्यक्ष तर्फका उम्मेदवारबारे छलफल भएको बताइएको छ । यसअघि एमालेले समानुपातिक सूची टुङ्ग्याएको दावी गरेपनि नेता कार्यकर्तामा बढेको असन्तुष्टि सम्बोधन गर्न केही नामहरू हेरफेर गर्ने एमालेले तयारी गरेको छ । यसका साथै लोसपा र राप्रपासँगको चुनावी तालमेलका बारेमा समेत छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा