शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करोडौमा बिके यी सेलिब्रेटीका घर

बिहीबार, १३ असोज २०७९, २१ : ५२
बिहीबार, १३ असोज २०७९

बलिउड स्टार विलासी जीवन बिताउँछन् । घर, कारदेखि अन्य विलासिताका सामानमा समेत उनीहरु करोडौं खर्चिने गर्छन् । उनीहरुका पुराना घर समेत धेरै सुविधाजनक हुने गर्दछ । त्यही कारण पनि उनीहरुका पुराना घर समेत महँगो मूल्यमा बिक्री हुन्छ । 

यी फिल्म स्टार जसले करोडौंमा बेचे आफ्ना पुरानो घर–
अमिताभ बच्चन


बलिउडका महानायक अमिताभ बच्चनका मुम्बईमा धेरै घर छन् । भर्खरै उनले मुम्बईको पोस क्षेत्रमा एक घर किनेका छन् । यस बाहेक उनको दिल्लीमा रहेको पुरानो घर बेचेका छन् । रिपोर्टका अनुसार उनले आफ्नो पुरानो घर २३ करोड(भारु)मा बेचेका छन् ।
अक्षयकुमार 


बलिउडका सफल नायक अक्षयकुमार उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने स्टारमध्ये एक हुन् । सधैँजसो फिल्म अभिनयमा ब्यस्त हुने अभिनेता अक्षयकुमारको देश र विदेशमा पनि सम्पत्ति छ । यो वर्ष अक्षयकुमारले आफ्नो अँधेरी वेस्टस्थित घर बेचेका छन् । रिपोर्टकाअनुसार अक्षयकुमारले यो सम्पत्ति सन् २०१७ मा ४.१७ करोडमा किनेका थिए । अहिले उनले ६ करोड( भारु)मा बेचेका छन् । उनको यो घर संगीतकार डब्बू मलिकले किनेका हुन् ।

करिश्मा कपुर


कपूर परिवारकी जेठी छोरी अभिनेत्री करिश्मा कपूर ९० को दशककी शीर्ष नायिका थिइन् । रिपोर्टकाअनुसार करिश्मा कपुरले आफ्नो घर १०.११ करोड भारुमा बेचिन् । उनको घर रोज क्वीन अपार्टमेन्टको १० औं तलामा थियो ।

प्रियंका चोपडा 
बलिउडदेखि हलिउडसम्म छाउन सफल अभिनेत्री प्रियंका चोपडाले फिल्मका लागि चर्को पारिश्रमिक लिन्छिन् । उनीहरूसँग सम्पत्तिको कमी छैन । रिपोर्टका अनुसार प्रियंका र निक जोनसले आफ्नो बेभर्ली हिल्सको घर ५६ करोडमा बेचेका छन् । 
परिणीति चोपडा


परणिती चोपडाको पनि बलिउडमा राम्रै नाम छ । उनी आफ्नो आम्दानी घरमा लगानी पनि गर्छिन् । रिपोर्टका अनुसार परिणीतिले सन् २०२० मा बान्द्रामा दुईवटा फ्ल्याट बेचेकी थिइन् । उनले यी फ्ल्याटहरु १३ करोड (भारु) मा बेचेकी थिइन् । –अमर उज्याला 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप