मधेस प्रदेशको जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन
गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेस प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेस प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो । कार्यक्रममा मधेस प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेस प्रदेश खेलकुद विभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेस प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुसी व्यक्त गर्दै नवौँ राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए । मधेस प्रदेशका खेलकुद मन्त्री सिंहले प्रतियोगितामा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए ।
ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई पवित्र भूमि जानकी मन्दिरमा ल्याइएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी