बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

बिहीबार, १३ असोज २०७९, १८ : ०८
बिहीबार, १३ असोज २०७९

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।

यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र बनाउँदैछ । केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले घोषणापत्र निर्माणको काम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप