बुटवलमा चाडपर्व विशेष सरसफाई अभियान
बुटवलमा चाडपर्व विषेश सरसफाई अभियान जारी राखिएको छ । उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाइनसम्मको सडकमा विहीबार सरसफाई गरेको छ । चाडबाडलाई लक्षित गरेर उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो ।
सरसफाई अभियानअन्तर्गत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरूले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । सरसफाइसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उनले बताए ।
बुटवल नगरलाई सफा, सुन्दर राख्नका लागि सबै नगरवासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि उनले आग्रह गरे । उनले हरेकजसो रोग फोहोरमैला र प्रदूषित वातावरणबाट फैलिने भएकाले सरसफाईमा ध्यान दिन नगरवासीलाई आग्रह गरे ।
अभियानअन्तर्गत शुक्रबार अस्पताल लाइन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिइन् । अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल