शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश

बिहीबार, १३ असोज २०७९, १७ : २८
बिहीबार, १३ असोज २०७९

नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् । धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् ।
उनले दुईदिन अघिमात्रै पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेका थिए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् ।

धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् । असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरे ।

टिकटको लोभमा जसपामा प्रवेश गरेपनि नेता यादवले सत्ता गठबन्धनबाट उम्मेदवार हुने सम्भावना न्यून छ । धनुषा २ बाट हेभिवेट मानिने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा दावेदार छन् । उनी दुवैजना पूर्वमन्त्री हुन् । स्रोतका अनुसार झा वा यादवमध्ये नै कोही सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुने सम्भावना छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप