शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंक र भिस्तारा एयरलाइन्सबीच सम्झौता

बिहीबार, १३ असोज २०७९, १७ : १९
बिहीबार, १३ असोज २०७९

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बंैकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुविधा प्रदान गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप