राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताएका हुन् ।
‘आफुले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटक पटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए । ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने ।
उनले अहिलेको उद्देश्य नै समाजवाद ल्याउने उदेश्य भएको पनि बताए । ‘हाम्रो मुख्य उदेश्य नै समाजवादको उदेश्य हो । सबै खालका भेदभाव, अन्याय अत्याचार, हिंसा र अपमान अन्त्य गर्ने हो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने– ‘त्यसका लागि शक्ति निर्माण गर्नुपर्छ ।’
उनले कार्यकर्ताहरूलाई कहिल्यै निरास नहुन आशावादी हुन आग्रह गर्दै सकारात्मक सोच राखिए समाज र देशलाई राम्रो दिशामा लैजान सकिने दावी गरे । ‘अहिले पनि समाज र राजनीतिमा चरम भ्रष्टाचारी प्रवृति छ । नेताहरुले विश्वास गुमाउँदै गएका छन् । हामी अरुजस्तो होइनौ भन्ने देखाउन सक्नुपर्छ’, सिंगो कम्युनिस्ट आन्दोलन जोगाउन,स्वच्छ छवि भएकालाई अघि बढाउनुपर्ने नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन