एमाले सचिवालय बैठक सर्यो
बिहीबार, १३ असोज २०७९, १६ : ४१
उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि साढे ४ बज्दासम्म सुरु हुन सकेको छैन ।
बैठकका लागि केही नेताहरु अध्यक्ष ओली निवास बालकोट पुगिसकेका छन् । अध्यक्ष ओलीको व्यस्तताका कारण बैठक सुरु हुन अझै केही घण्टा लाग्ने सूचना आएको एक नेताले जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा