शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख मिश्रसमक्ष आयोगको ३२ औँ वार्षिक प्रतिवेदन पेश

बिहीबार, १३ असोज २०७९, १६ : ०४
बिहीबार, १३ असोज २०७९

मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गर्नुभएको हो । उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गरे ।

उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४ दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ । गत आवमा जम्मा नौ सय १५ वटा उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको  छ ।

गत वर्ष धनुषाबाट तीन सय ३९ उजुरी परेका थिए । आव २०७७/७८ बाट फछ्र्योट गर्न बाँकी एक हजार एक सय ९६ र २०७८/७९ मा परेका नौ सय १५ मुद्दामध्ये एक हजार एक सय ९६ मुद्दा गत आवमा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको फछ्र्योट गर्न बाँकी नौ सय १५ मुद्दा र यस आवमा परेका तीन सय १५ मुद्दामा पनि अनुसन्धान अघि बढिसकेको कार्यालयले जनाएको छ ।

मधेस प्रदेशका चार जिल्लासहित नौवटा जिल्ला कार्यक्षेत्र रहेकामा  चालु आवको साउन र भदौ महिनामा तीन सय १५ उजुरी परेको कार्यालय प्रमुख अधिकारीले जनाए । धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश नं १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट दुई महिनामै तीन सय १५ उजुरी मा दर्ता भइसकेको उक्त कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप