अमेरिकी उपराष्ट्रपति विश्वकै सबैभन्दा ठूलो सैन्य उपस्थिति रहने क्षेत्रमा जाँदै

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आज(बिहीबार) उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना (डिमिलिटराईज जोन) जाँदैछन् । दुई मुलुकबीच तनाव बढेको समयमा ह्यारिसको भ्रमण हुन लागेको छ ।  केही दिनअघि मात्र उत्तर कोरियाले पाँच वर्षपछि दक्षिण तथा अमेरिकाबीच हुन लागेको नौसैनिक अभ्यासले ‘द्वन्द सिर्जना’ गर्ने जोखिम बढाउने चेतावनी दिएको थियो । 


ह्यारिस विश्वकै सबैभन्दा ठूलो सैन्य उपस्थिति रहने डिमिलिटराईजको दक्षिणी भागमा जानेछिन् ।  र उनी सन् २०१९ मा तत्कालिन राष्ट्रपति ट्रम्प उनका उत्तर कोरियाली समकक्षी किम जोङ उनसँग उक्त क्षेत्रमा गएपछि सो क्षेत्र पुग्ने सबैभन्दा ठूलो अमेरिकी नेता हुनेछिन् । 



ह्यारिस त्यहाँ गएर सन् १९५०–५३ मा भएको कोरियाली युद्धमा मारिएका लाखौं अमेरिकी तथा कोरियाली सैनिकको ‘बलिदान’ को स्मरण गर्नेछिन् ।   निक्कै हिंस्रक रहेको सो तीन वर्षे युद्ध अन्त्य गर्ने खालको हालसम्म कुनै सम्झौता भएको छैन । दुई मुलुकबीच युद्ध विरामको सहमति मात्र भएर युद्ध थामिएको स्थिति छ । 



उत्तर कोरियाले यो वर्ष हालसम्मकै सबैभन्दा धेरै संख्यामा हतियार परिक्षण गर्यो । ती परीक्षण श्रृङ्खलामा उसले सन् २०१७ पछि पहिलो पटक अन्तर–महादेशिय ब्यालेष्टिक मिसलाईल पनि परीक्षण गर्यो ।  उत्तर कोरियाले थप उन्नत हतियार विकास गर्ने संकेत गरेको छ । आइतबार उसले छोटो दुरीको ब्यालेष्टिक मिसाइलको परीक्षण उडान गर्यो । सो परिक्षण अमेरिकी र दक्षिण कोरियाली फौजबीच युद्धअभ्यास सुरु हुनुभन्दा एक दिनअघि भएको थियो । 
मंगलबार सिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन टोकियोमा रहेकी ह्यारिस बुधबार दक्षिण कोरिया पुगेकी थिइन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।