भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
तर केही व्यक्तिहरुले वृद्धि बुवा–आमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनको भनाइ छ । बुवा–आमालाई हामीले सम्मान दिएनौँ भने हाम्रा सन्ततिले त्यही सिको गर्ने उनको भनाइ थियो ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन् ।
जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन् । यसैबीच दाहालले बुधबार नै भरतपुर–२५ मा रहेको शान्तिनिम टोल विकास संस्थाको नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र