नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।
सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् ।
आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सामलीङ पावर कम्पनीका सेयरधनीले ७.९४ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको विदेशी मुद्रा सञ्चिति ५.६९ अर्ब अमेरिकी डलरले घट्यो
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति
-
बागमती प्रदेशमा सीटीईभीटीका दुई संरचना
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु