शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

बिहीबार, १३ असोज २०७९, १५ : २५
बिहीबार, १३ असोज २०७९

हिन्दूहरूको महान चाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थ्यकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैंको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरी बताउँछन् ।  सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप