बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फर्निचर र विद्युतीय सामग्री लिलाम गर्दै गृह मन्त्रालय

बिहीबार, १३ असोज २०७९, १५ : २१
बिहीबार, १३ असोज २०७९

गृह मन्त्रालयले पुराना फर्निचर, गाडीका स्पेयर पार्टस् र विद्युतीय सामाग्री लिलाम गर्न लागेको छ । रिवल्विङ कुर्सी, ल्यापटप, कम्युटर र टेबलकुर्सी लिलाम गर्न मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशन गरेको छ । असोज १२ मा सुचना निकालेर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरुलाई आग्रह गरिएको गृहमन्त्री बालकृष्ण खाणका प्रेश संयोजक मधुसुदन भट्टराइले रातोपाटीलाई बताए । 

जिन्सी निरीक्षण कमिटीले गरेको सिफारिस अनुसार मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले लिलाम गर्ने तयारी गरिरहेको छ । पहिलोपटक सुचना प्रकाशन गरेको १५ दिनमा सामान खरिद गर्न कोही तयार नभएमा पुनः सुचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छ । 

मन्त्रालयमा भएका पुराना सामान ३ लाख ९९ हजारमा लिलाम गर्नेगरी मन्त्रालयले सुचना प्रकाशन गरेको छ । गृह मन्त्रालय अहिले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरेको छ । पुरानो भवनको फर्निचर र कुर्सी काममा नआएपछि लिलाम गर्न लागिएको मन्त्रालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

गत आर्थिक वर्षमा गाडी मर्मत गरेपछि फाल्नुपर्ने अवस्था भएका स्पेयर पार्टस पनि मन्त्रालयले लिलाम गर्न लागेको छ । लिलाम गर्ने सूचीमा टिनका दराज पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप