बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको संघीय निर्वाचन क्षेत्रमा भएको भागबण्डाप्रति गठबन्धन घटक सन्तुष्ट

बिहीबार, १३ असोज २०७९, १५ : ११
बिहीबार, १३ असोज २०७९

अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धन बीच भागबण्डा लगभग सहमति नजिक पुगेको अवस्थामा बारामा भने गठबन्धन घटक सन्तुष्ट देखिएका छन् । बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा सिट बाँडफाँटबारे केन्द्रीय तहमा लगभग सहमति जुटेको छ । जसअनुसार बारा क्षेत्र नं १ नेपाली कांग्रेस, क्षेत्र नं २ र ३ जनता समाजवादी पार्टी र क्षेत्र नं ४ नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको छ ।

०७४ मा सम्पन्न निर्वाचनमा क्षेत्र नम्बर

१ मा कांग्रेस, २ र ३ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र क्षेत्र नं ४ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका थिए । सत्तारुढ गठबन्धनका जिल्ला तथा प्रदेशस्तरका नेताहरुले सिट बाँडफाँट सन्तोषजनक भएको बताएका छन् ।

‘असन्तुष्टि केही छैन, दलहरु बिच गठबन्धनमा जाने निर्णय भएपछि पार्टीको निर्णय मान्नै प¥यो,’ कांग्रेसका बारा जिल्ला उपसभापति मनोज भट्टले भने ।

२०७४ को निर्वाचनमा बारा क्षेत्र नं १ मा स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले एमालेका अच्युत मैनालीलाई पराजित गरेका थिए । यसपटक पनि क्षेत्र नं १ चौधरी नै दोहोरिने सम्भावना छ ।

बाराको क्षेत्र नं २ र ३ पाएको जनता समाजवादी पार्टी पनि सत्ता गठबन्धका दलहरु बिच भएको सिट बाँडफाँट सन्तोषजनक नै रहेको बताउँछन् ।

जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले पर्सामा १ सिट कम भए पनि बाराको हकमा कुनै गुनासो नभएको बताउँछन् । ‘२०७४को निर्वाचनमा हामीले जितेको हिसाबले पनि बारा क्षेत्र नं २ र ३ मा हाम्रो दाबी थियो, सोही ठाउँमा दलहरुबीच निर्णय भएको छ, जे भयो ठिक भएको छ,’ यादवले भने ।

२०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा रामसहाय प्रसाद यादव र ३ मा रामबाबु कुमार यादव विजयी भएका थिए । नेकपा एकीकृत समाजवादीको भागमा परेको बाराको क्षेत्र नं ४ मा यसपटक किसान श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् ।

‘मेरो पहिलो दाबी तनहुँ क्षेत्र नम्बर १ नै हो तर, गठबन्धनका दलहरुबिच भएको सहमतिलाई सम्मान गर्दै मैले बारा क्षेत्र नम्बर ४ स्वीकार गरेको हुँ,’ पूर्व श्रममन्त्री श्रेष्ठले भने, ‘म मेरो पार्टी र गठबन्धनले अह्राएको र खटाएको ठाउँमा जान तयार छु, २०७४ को निर्वाचनमा तनुहँका जनताले जिताए यसपटक बारा क्षेत्र नम्बर ४ का जनताले जिताउनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप