अर्थतन्त्र

इन्धनपछि डलर महँगीको चेपुवामा नेपाली अर्थतन्त्र

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

काठमाडौँ । गत वैशाख १ गते नेपाल राष्ट्र बैंकमा एक डलर साट्नको लागि १२२ रुपैयाँ १९ पैसा तिर्नुपर्थ्यो  । असोज १३ गते (आज) एक डलर साट्न राष्ट्र बैंक जानुभयो भने १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्छ । यो ५ महिना १३ दिनको अवधिमा अमेरिकी डलरको मूल्य प्रतिडलर ९ रुपैयाँ २२ पैसाले बढेको छ ।


केही समय अघि (खास गरी रसिया–युक्रेन युद्ध सुरु भएको समयमा) अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य असाध्यै धेरै बढ्यो । इन्धनको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय रूपमै सबै प्रकारका वस्तु तथा सेवाको मूल्य बढायो । केही महिनायता पेट्रोलियम पदार्थको मूल्य कम हुँदै गए पनि अमेरिकी डलर बलियो हुँदा त्यसले आयातित अर्थतन्त्र भएका देशमा महँगी बढाएको छ । निर्यात बढी गर्ने देशहरूलाई भने अमेरिकी डलर बलियो हुँदा त्यसको सकारात्मक असर परेको छ ।



अमेरिकी डलर बलियो हुँदा नेपालमा सकारात्मक भन्दा बढी नकारात्मक असर पर्ने अर्थशास्त्री तथा उद्योगी व्यवसायी बताउँछन् । नेपालको अर्थतन्त्र आयातमा आधारित रहेको र अमेरिकी डलर तिरेर आयात गर्नुपर्ने वस्तुको हिस्सा बढी भएकोले नकारात्मक असर बढी देखिएको हो । 



अर्थशास्त्री नरबहादुर थापा अमेरिकी डलर महँगो हुँदा नेपाली अर्थतन्त्रलाई पर्ने नकारात्मक असर बढी भएको बताउँछन् । निर्यात हुने वस्तु अन्तर्राष्ट्रिय बजारमा सस्तो भएकोले डलर महँगो हुँदा निर्यात वृद्धि हुने मौका नेपालले पाउन नसक्ने उनको विश्लेषण छ ।

‘कच्चा पदार्थ नै महँगोमा किन्नु परेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ, यसले हाम्रो निर्यात व्यापारलाई थप कमजोर बनाउँछ,’ पूर्व सचिव ओझाले भने ।

‘निर्यात धेरै हुन्थ्यो भने, पर्यटन क्षेत्रबाट तत्काल बढी आम्दानी हासिल हुन सक्थ्यो, प्रत्यक्ष विदेशी लगानी तत्काल आइहाल्ने अवस्था हुन्थ्यो भने डलर महँगो भएको हामीलाई फाइदा हुन्थ्यो, अहिले परिस्थिति यस्तो देखिँदैन,’ नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक समेत रहेका थापाले रातोपाटीसँग भने ।

अर्थशास्त्री थापाका अनुसार विश्व मन्दीको चरणमा छ । त्यसैले यस्तो बेलामा धेरै पर्यटक नेपाल आउन सक्ने सम्भावना कम छ । यद्यपि, अहिले नेपालमा बढी पर्यटक आउने मौसम भने हो । प्रत्यक्ष विदेशी लगानीलाई यहिबेला प्रोत्साहन हुने गरी सरकारले कुनै नीतिगत सुधार गरेको छैन । रेमिट्यान्सबाट हुने आम्दानी नेपाली रुपैयाँमा तुलना गर्दा बढी हुने उनले बताए ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा डलर महँगो हुँदा त्यसको लाभ नेपालले लिन नसक्ने बताउँछन् । निर्यातजन्य वस्तुले पनि भारतबाहेक तेस्रो देशबाट कच्चा पदार्थ ल्याएर बस्तु उत्पादन गर्ने भएकोले कच्चा पदार्थ नै महँगो हुँदा त्यसको लाभ नेपालले पाउन नसक्ने उनको भनाई छ ।

‘कच्चा पदार्थ नै महँगोमा किन्नु परेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ, यसले हाम्रो निर्यात व्यापारलाई थप कमजोर बनाउँछ,’ पूर्व सचिव ओझाले भने ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष रोहित गुप्ता पनि डलर महँगो हुँदाको नकारात्मक असर मात्रै भोग्नुपर्ने बाध्यता रहेको बताउँछन् । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको नकारात्मक असर केही कम भएको अवस्थामा अमेरिकी डलर बलियो हुँदा फेरि चेपुवामा परिएको उपाध्यक्ष गुप्ताले बताए ।

‘यो दुई महिनाको अवधिमा अमेरिकी डलरको मूल्य ५ देखि ७ प्रतिशतले बढिसकेको छ, यसले उद्योग व्यवसायलाई सकारात्मकभन्दा नकारात्मक असर बढी पारेको छ,’ उपाध्यक्ष गुप्ताले भने ।

असर के–केमा ?

पूर्व सचिव ओझाका अनुसार आयातित वस्तुको मूल्य बढ्ने भएकोले बजारमा समग्र वस्तु तथा सेवाको मूल्य वृद्धि भएर उपभोक्तालाई बढी असर पर्छ । भारतसँग विनियम दर निश्चित (पेग) गरिएकोले भारतसँगको व्यापारमा खासै फरक पर्दैन । तर, तेस्रो मुलुकबाट आउने कच्चा पदार्थको मूल्य समेत बढ्ने भएकोले नकारात्मक असर नै बढी हुन्छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि तातेको अर्थतन्त्र विगत केही महिनायता केही कुलडाउन भएको थियो, अमेरिकी डलर अहिले जसरी बलियो भएको छ, यसले हामीलाई चौतर्फी रूपमा नकारात्मक असर पर्छ, सकारात्मक असर खास देखिँदैन’

‘पेट्रोलियम पदार्थ भारतबाट किन्ने भए पनि भारतमा पनि तेस्रो मुलुकबाटै आउने भएकोले महँगो पर्छ, सोयाविन, सनफ्लावर, पाम आयाल जस्ता कच्चा पदार्थको मूल्य बढी पर्ने भएकोले हाम्रो वनस्पति तेल तथा घ्यू निर्यात प्रभावित हुन्छ, हाम्रा उत्पादनहरूले कच्चा पदार्थ नै महँगोमा किनेर ल्याएको हुनाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता कमजोर भई निर्यात प्रभावित हुन्छ,’ पूर्व सचिव ओझाले भने ।

सीएनआईका उपाध्यक्ष गुप्ता डलर बलियो भएका कारण नेपाली उत्पादनको निर्यात तत्काल बढ्न सक्ने सम्भावना देख्दैनन् । संसारभर बढेको महँगीले नेपाली अर्थतन्त्रलाई पनि नकारात्मक असर पर्ने उनको भनाई छ ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि तातेको अर्थतन्त्र विगत केही महिनायता केही कुलडाउन भएको थियो, अमेरिकी डलर अहिले जसरी बलियो भएको छ, यसले हामीलाई चौतर्फी रूपमा नकारात्मक असर पर्छ, सकारात्मक असर खास देखिँदैन,’ उपाध्यक्ष गुप्ताले भने ।

अर्थशास्त्री थापाले भने नकारात्मक असर धेरै देखेका छन् । नेपाली अर्थतन्त्रको खास आधार नै आयात भएकोले अमेरिकी डलर बलियो हुँदा महँगी पनि आयात हुने उनको भनाई छ ।

‘डलर महँगो हुनु भनेको आयात महँगो हुनु हो, आयातित वस्तु महँगो पर्नु हो, विदेशी ऋणको सावा तथा व्याज भुक्तानीमा बढी डलर खर्च भएर नेपालको बजेट घाटा बढ्नु हो, देशको शोधनान्तर स्थिति थप दबाबमा पर्नु हो,’ अर्थशास्त्री थापाले भने । अमेरिकी डलरको मूल्य बढेको कारण महँगी बढेर ब्याजदर तल नआउने खतरा रहेको विश्लेषकहरूले बताएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।