बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

बिहीबार, १३ असोज २०७९, १३ : ५९
बिहीबार, १३ असोज २०७९

कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो । 

उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप