सल्यानमा प्रतिनिधिसभाको उम्मेदवार माओवादीले पाउने भयो : बस्नेत

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतले प्रतिनिधिसभा आफ्नो पाटीले पाउने सहमति भएको बताएका छन् । यसअघि निर्वाचित बस्नेतले नेकपा एकीकृत समाजवादीले दाबी गरेपनि अन्तिममा प्रतिनिधिसभामा माओवादीले पाउने सहमती भएको दाबी गरे । 


‘सल्यान संघमा एकीकृत समाजवादीले पाउनुपर्छ भन्दै दाबी गरेको थियो । अन्तिममा खारेज भएको छ । माओवादीले पाउने सहमति भयो’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘अब पार्टीबाट संघमा मेरो र रमेश मल्लको नाम सिफारिस भएको छ । पार्टीले निर्णय गरेर उम्मेदवार फाइनल गर्ने छ ।’ सल्यान प्रतिनिधिसभामा माओवादीले पाएमा प्रदेश सभामा एक कांग्रेस र अर्को एकीकृत समाजवादीले पाउने देखिएको छ ।



सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाले दाबी गरेका थिए । अन्तिममा उनी प्रतिनिधिसभामा लड्न नपाउने भएका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।