रवि लामिछानेलाई डेंगु संक्रमण

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुक पेजमा आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन् ।


बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु  ।’



उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।