एनआईसी एशिया बैंकबाट डिजिटल भुक्तानी गर्दा यी स्टोरमा पाइन्छ छुट र २० प्रतिशतसम्म क्यास ब्याक

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline1

कोटेश्वरको भाट–भटेनीमा पछिल्लो दुई तीनदेखि किनमेल गर्ने ग्राहकहरुको भिडभाड निकै बढेको छ । दैनिक उपभोग्यका साथै इलेक्ट्रोनिक सामान किन्ने शाखामा भिडभाड देखिन्छ ।  


यस्तो भिडभाड भाट–भटेनीमा मात्र होइन नेपालीहरुको महान चाड दसैंतिहार तथा छड पर्व नजिकिदै गर्दा सेल्सबेरी, बिगमार्ट, साथीमार्टका सयौं शाखाहरुमा ग्राहकका चाप बढेको छ । ग्राहकहरु दशैं, तिहार तथा छडलाई चाहिने लत्ताकपडा, उपहार, घरायसी सामग्री छानिछानी किनिरहेका छन् । 



केही वर्षदेखि मुलुकभर सञ्चालनमा आएका यस्ता डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा किनमेल गर्ने संस्कार वृद्धि भइरहेको छ । ग्राहकको आकर्षण बढ्न थालेपछि यी डिपार्टमेन्ट स्टोर तथा मार्टहरुले पनि भुक्तानी तथा अन्य सुविधाहरु सहज बनाउँदै लगेका छन् । 



यस्ता ठूलो डिपार्टमेन्ट स्टोरहरुमा विकास भइरहेको किनमेलको नयाँ शैलीलाई साथ दिँदै मुलुकको अग्रणी बैंक एनआईसी एशिया बैंकले पनि नयाँ अफर र छुट ल्याएको छ । 

बैंकले दशैं, तिहार, छठलगायतका पर्वको विशेष अवसरमा विभिन्न डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा डिजिटल भुक्तानी प्रवद्र्धत तथा सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ । यो एक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने योजना हो । जसले डिजिटल भुक्तानी विस्तार गर्न सहयोग गर्ने छ । 

‘आम ग्राहक बर्गलाई भुक्तानीमा सहज होस् भनेर हामीले विभिन्न योजनाहरु ल्याइरहेका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने, ‘मुलुकभर डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न महान चाडपर्वको अवसरमा हामीले विभिन्न स्टोरहरुमा छुट तथा क्यासब्याकको अफर ल्याएका छौं ।’ 

यी शाखाहरुबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ । बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यास ब्याक तथा छुट उपलब्ध छ ।  

बैंकले यो योजना २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म लागू हुने जनाएको छ । मुलुकभर फैलिएको मुलुकको सबैभन्दा पुरानो भाट–भटेनी सुपरमार्केटमा आउने लाखौं ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ता चप्पल खरिद गरी यस बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । 
त्यसैगरी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेको सुपरमार्केट हो । 

मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ्ग एनआईसी एसिया बैकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यास ब्याक उपलब्ध हुने बैंकले जनाएको छ । 

यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाट–भटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने सो बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यास ब्याकको फाइदा उठाउन सक्नेछन् ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका सो बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् । 

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिन सक्नेछन् ।  

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंक हो  । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । साथै, ग्राहकको सुविधाको लागि भनेर ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सञ्चालन गरिरहेको छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट

  1. Oct. 1, 2022, 5:27 p.m. Binay kumar Panday
    संतोष जनक सेवा सुविधा हो
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।