बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपमा डेनमार्कको विरोध

बिहीबार, १३ असोज २०७९, १२ : ३९
बिहीबार, १३ असोज २०७९

डेनमार्कले आगामी विश्वकपमा आफ्नो जर्सीमार्फत विरोध प्रदर्शन गर्ने भएको छ । आयोजक कतारले आप्रवासी कामदारहरू प्रति गरेको व्यवहारको विरोधमा टोलीले जर्सीको रंगलाई मधुरो बनाएर डेनमार्कले विरोध गर्ने भएको हो ।

ह्युमलले तेस्रो किटलाई पूर्णरुपमा कालो बनाएको छ जसलाई दुःखको रंग पनि भनिन्छ । ह्युमलले प्रतियोगिताका लागि संरचना निर्माणमा हजारौँ कामदारले ज्यान गुमाएको दाबी समेत गरेको छ । ‘हामी डेनमार्कको राष्ट्रिय टोलीलाई समर्थन गर्दछौँ तर आयोजना कतारलाई होइन,’ उनले भने । 

कतारले कामदारको दाबी गरेका मृत्युका आँकडा दाबी गरेभन्दा निकै कम रहेको बताउँदै आएको छ । सन् २०२१ मा जारी तथ्याङ्कमा हालसम्म ३७ जनाको मृत्य भएको कतारको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप