शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रशिक्षणमा फर्किए बेन्जेमा

बिहीबार, १३ असोज २०७९, १२ : २९
बिहीबार, १३ असोज २०७९

लामो समय चोटका कारण मैदानबाहिर रहेका फ्रेन्च स्ट्राइकर बुधबार रियल मड्रिडको प्रशिक्षणमा फर्किएका छन् । अन्तर्राष्ट्रिय ब्रेकपछि फर्किएका खेलाडीहरूसँग बेन्जेमाले बुधबार प्रशिक्षण गरेका हुन् । यो सिजन रियलले ला लिगामा शत प्रतिशत नतिजा कायम राखेको छ ।

युवा खेलाडीहरू एडुवार्डो कामाभिङ्गा, आउरेलियन टुचेमानी र फेडेरिको भालभर्डेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसमाथि बेन्जेमाको पुनरागमनले टोलीलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । 

फ्रान्सका स्टार खेलाडीले ठुला अवसरहरूमा सशक्त प्रदर्शन गर्दै आएका छन् । रियलले आगामी अक्टोबर १६ मा बार्सिलोनाविरुद्ध क्लासिकोमा प्रतिस्पर्धा गर्दैछ । अर्को हप्ता साख्तार डोनेस्कविरुद्ध च्याम्पियन्स लिगको खेलमा उनी मैदानमा फर्कन सक्ने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप