७० अंक ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिने बढे
यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो ।
गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमतिपत्र लिनेहरूको संख्या ह्वातै बढेको उनको भनाइ छ ।
यो नयाँ प्रणाली लागू भइसकेपछि अनुमतिपत्र लिनेहरूका लागि यसले एउटा अवसरकै रूप दिएको र अब निर्धक्कताका साथ दुईपांग्रे र चारपाङ्ग्रे गाडीको अनुमतिपत्र आवेदन दिन कार्यालय प्रमुख साहले आग्रह गरेका छन् ।
पहिला मोटरसाइकलको पास हुने अनुपात २५ प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुगिसकेको कार्यालयका कम्युटर अपरेटर विजय दाहालले बताए । त्यस्तै पुरानो व्यवस्थामा गाडीको १५ प्रतिशत रहेकोमा अहिले ३५ देखि ४० प्रतिशत पुगेको उनको भनाइ छ । उनले साइड लाइट बाल्न बिर्सिएको, हलुका लाइन छोएकोलाई कार्यविधिअनुसार पास गरिएको बताए ।
यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ ।
एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ । पुरानो व्यवस्थाको तुलनामा पास हुनेको संख्या दोब्बरले बढेको सिरहाका परीक्षार्थी संजय सिंहले बताए । शनिबारदेखि लहानमा ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने सुरु भएको छ । पहिलो दिनमै सयौँ व्यक्तिहरू पास भएका थिए ।
अंक घट्ने अवस्था
– एकपटक अंकित रेखा छोएको ५ अंक
– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक
– टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक
– ट्राफिक संकेत पालना नगरेको १५ अंक
– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक
– एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक
– सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक
– हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक
– अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या