बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा जुवातास खेलिरहेका ६ जना पक्राउ

बिहीबार, १३ असोज २०७९, ११ : ४९
बिहीबार, १३ असोज २०७९

काठमाडौँको टोखा नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप