बालेन शाहद्वारा काठमाडौँमा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् ।  ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन् । 


सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।  



राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ ।  खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् । शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापन प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । 



खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब र एपीएफ क्लबले विभागीय टोलीका रुपमा खेल्नेछन् ।  

ट्रफी टुरको क्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिबल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।